दफा १७
बन संरक्षण क्षेत्रमा रुपान्तरण हुने
(१) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको संरक्षित वन यो ऐन प्रारम्भ भएपछि स्वतः वन संरक्षण क्षेत्रमा रुपान्तरण भएको मानिनेछ।

(२) उपदफा १ बमोजिमको बन संरक्षण क्षेत्र रुपान्तरण हुँदा यो ऐन प्रारम्भ भएको बखत कायम रहेको वन व्यवस्थापन पद्धतिमा प्रतिकूल असर परेको मानिने छैन।